त्रिशूली नदीमा खसेको इभी र चालक अझै भेटिएन, पहिचान खुल्यो
रसुवा : रसुवागढी नाकाबाट भित्रिएको नयाँ इभी गाडी नदीमा खसेर बेपत्ता भएको चालक पहिचान भएको छ । खोजीका लागि १० वटा ड्रोनमार्फत खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक अशोक थापाका अनुसार इभीका चालक कालिका गाउँपालिका–३ धारापानीका २२ वर्षीय सविन तामाङ रहेको बताए । काठमाडौबाट समेत थप प्रहरी परिचालन गरी बेत्रावती र स्यााफ्रु दुवै तर्फबाट खोजी भइरहेको छ । रसुवागढी नाकाबाट भित्रिएको नयाँ इभी गाडी नदीमा खसेर बेपत्ता भएको छ ।
