SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

कर्णालीमा नयाँ सत्ता समीकरण : एमाले र नेकपाका नेता काठमाडौं जाँदै

वीरेन्द्रनगर : कर्णाली प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमपछि नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश संसदीय दलका नेताहरू काठमाडौं जान लागेका छन् । प्रदेशमा देखिएको सत्ता साझेदारी, अविश्वास प्रस्ताव र नयाँ सरकार गठनबारे अन्यौल बनिरहेका बेला उनीहरु काठमाडौं जान लागेका हुन् ।शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका एमाले संसदीय दलका नेता यामलाल कँडेल तथा नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता मंगलबहादुर शाही आइतबार काठमाडौं जाँदैछन् ।