SHARE
अन्नपूर्ण · बिहीबार ७ साउन २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

रास्वपाको ओत, अपराधलाई ढाकछोप

काठमाडौं : २७ जनाको मृत्यु र १ सय १५ जना घाइते भएको गौर घटनाको अनुसन्धानपश्चात् राष्ट्रिय मानव अधिकार आयोगले दोषी ठहर गरी मुद्दा चलाउन किटान गरिएका व्यक्तिमध्ये एक हुन्, बबन सिंह। ४९ वर्षीय उनै ‘अभियुक्त’ सिंहलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शुक्रबार पार्टी प्रवेश गराए।अभियुक्त सिंहको शक्ति केन्द्रसँगको सामीप्यता रोचक छ। उनको राजनीतिक यात्रा जनता समाजवादी पार्टी (जसपा) बाट सुरु भएको हो। स्वतन्त्र हुँदै एमाले र अहिले रास्वपामा प्रवेश गरेका छन्।