SHARE
अन्नपूर्ण · बिहीबार ७ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

डोटीमा एक पुरुष मृत फेला

डोटी : डोटीमा एक पुरुष मृत फेला परेका छन् । जोरायल गाउँपालिका-२,मिलचौराहा निवासी अन्दाजी ४१ वर्षीय डम्बर बहादुर गुरुङ घरदेखि नजिकै सडक किनारमा मृत अवस्थामा फेला परेका हुन्।बिहीबार बिहान करिब ६ बजेतिर स्थानीय गैरी खोला नजिक भिमदत्त राजमार्गको सडक किनारमा गुरुङ मृत अवस्थामा रहेको देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय बुडरलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं डीएसपी रण बहादुर चन्दले बताए ।