कबड्डीको तयारी भारतमा
काठमाडौं : जापानको आइची र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदको तयारी गर्न नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जाने भएको छ। विशेष प्रशिक्षणमा जाने खेलाडीमा घनश्याम रोका मगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली छन्। घनश्याम, अंकु, रवि र करुण भारतमै प्रशिक्षण गरिरहेका छन्। घनश्याम हरियाणामै छन् भने बाँकी तीन खेलाडी हिमाचल प्रदेशमा छन्। उनीहरू त्यत्तैबाट टिमसँग समावेश हुने छन्।
