SHARE
अन्नपूर्ण · बिहीबार ७ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

विमानस्थलबाट ८ केजी गाँजासहित दुई भारतीय महिला पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।  लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले थाइ एयरवेजको उडानमार्फत नेपाल आएका उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा भारत मणिपुर निवासी २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली रहेका छन्।