SHARE
अन्नपूर्ण · बिहीबार ७ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

विद्युत महसुलमा लगाइएको भ्याट तत्काल हटाउन माग

नवलपुर : नवलपुर जिल्लाका तीन प्रमुख उद्योग वाणिज्य संघहरूले विद्युत महसुलमा हालै लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । नवलपुर उद्योग वाणिज्य संघ, देवचुली उद्योग वाणिज्य संघ र मध्यविन्दु उद्योग वाणिज्य संघले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र मार्फत् यस्तो माग गरेका हुन् ।