SHARE
अन्नपूर्ण · बिहीबार ७ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

सेयर बजारमा उचारचढाव : नेप्से परिसूचक १४ अंकले बढ्यो, ४ अर्बमा झर्यो कारोबार

काठमाडौं : सेयर बजारमा उचारचढाव कायमै रहेको छ। साताको चौथो सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा कायम भएको छ।साताको  दुई कारोबार दिन सोमबार र मंगलबार नेप्से परिसूचक  सकारात्मक देखिएको थियो।  तेस्रो कारोबार दिन बुधबार परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा अडिएको थियो।मंगलबार नेप्से परिसूचक ७.२५ प्रतिशतले वृद्धि भइ २७२६.४९ विन्दुमा पुगेको थियो। त्यसअघि सोमबार परिसूचक  ४१.७० अंकले वृद्धि भएको थियो।