नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्तालाई प्रशिक्षण र मनोरञ्जनात्मक कार्यक्रम
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट काम गर्ने अभिकर्ताहरूलाई लक्षित गर्दै प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कम्पनीको २०८३ वैशाख महिनाको मासिक योजनाअनुसार लक्ष्य पूरा गरेका र राम्रो प्रदर्शन गरेका अभिकर्ताहरूका लागि ललितपुरस्थित होटल रोयल टुलिपमा कार्यक्रम गरिएको हो ।
