SHARE
लोक पथ · मङगलबार १२ साउन २०८३ ०२:४५ AM · 1 मिनेट पढाइ

एक वर्षमा नेपालमा ४८ अर्ब रुपैयाँभन्दा बढीका स्मार्टफोन आयात

काठमाडौं । नेपालले एक वर्षमा ४८ अर्ब रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात गरेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२र८३ मा ४८ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरका २२ लाख ६७ हजारभन्दा बढी स्मार्टफोन नेपाल भित्रिएका छन् ।