SHARE
लोक पथ · मङगलबार १२ साउन २०८३ ०३:५९ AM · 1 मिनेट पढाइ

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । मृतक सर्लाही लालबन्दी–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना रहेको प्रहरीले जनाएको छ । ढुङ्गाना आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् ।