लमजुङमा पहिरोले घर पुरिँदा बुबा-छोरीको गयो ज्यान
गण्डकी । पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र छोरीको मृत्यु भएको छ । आज बिहान गएको पहिरोले घर भत्काउँदा पुरिएर मध्यनेपाल –७ भाटवेशीएकाघरका ५९ वर्षीय टिकबहादुर विक र उनकी कान्छी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, भोर्लेटारका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए ।
