नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा कहिलेसम्म लाग्दैन सवारी शुल्क ?
काठमाडौं । नेपालको यातायात पूर्वाधार विकासको इतिहासमा महत्त्वपूर्ण कोसेढुंगा पार गर्दै नागढुंगा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ । ‘अपरेसन’ तथा ‘मेन्टिनेन्स’ परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि सोमबार आयोजित समारोहबीच सुरुङमार्ग उद्घाटन गरिएको हो । यससँगै नेपाली नागरिकको आधुनिक सुरुङमार्गबाट यात्रा गर्ने दशकौँदेखिको सपना साकार भएको छ ।
