SHARE
पर्दाफास · बुधबार १३ साउन २०८३ ०९:१८ AM · 1 मिनेट पढाइ

कोहलपुरमा निर्माणाधीन सेप्टी ट्यांकीमा फसेका तीन मजदुरको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका-३ शान्तिटोलमा निर्माणाधीन सेप्टी ट्यांकीभित्र फसेका तीन जना मजदुरको मृत्यु भएको छ। प्रहरीका अनुसार बुधबार बिहान दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा रहेको सेप्टी ट्यांकीमा मजदुरहरू फसेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।