भारत सरकारको सहयोगमा बाँकेमा विद्यालय भवन निर्माण सुरु
भारत सरकारको सहयोगमा बाँकेमा विद्यालय भवन निर्माण सुरु गरिएको छ । बाँकेको खजुरा गाउँपालिका–४ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयको नयाँ भवन निर्माण सुरु भएको हो । भवनको शनिबार काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिकले संयुक्त रूपमा शिलान्यास गरे ।
