SHARE
पर्दाफास · शुक्रबार​ १५ साउन २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

स्मार्ट टेलिकम प्रकरण : दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई स्मार्टसेलको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए। स्मार्ट टेलिकम प्रालिको अनुमतिपत्र नियमअनुसार नवीकरण नगरेको कारणले उक्त कम्पनीको अनुमति पत्र स्वत रद्द भएको थियो। उक्त कम्पनी प्राधिकरणको नाममा गएको थियो।