SHARE
पर्दाफास · शुक्रबार​ १५ साउन २०८३ ०३:५७ PM · 1 मिनेट पढाइ

प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा

नेपाल प्रहरीका तीन जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरिएको छ । डीएसपीहरू मदनजीत महरा, सूर्य बहादुर बोगटी र ज्ञानबहादुर खड्काको सरुवा गरिएको हो । अख्तियारमा कार्यरत महरालाई प्रहरी वृत्त बौद्ध सरुवा गरिएको हो । बौद्धका डीएसपी सन्तोष रोक्कालाई भने जिल्ला प्रहरी परिसर, काठमाडौं तानिएको छ ।