प्रधानमन्त्रीले भने- विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण नागरिकको ज्यान जाने परिस्थिति उत्पन्न भयो
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण नागरिकको ज्यान जाने परिस्थिति उत्पन्न भएको बताएका छन्। सोमबार मध्य राति वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले जेनजी पुस्ताको मागप्रति सरकार नकारात्मक नरहेको उल्लेख गरेका छन्।'जेन-जी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मलाई मर्माहत बनाएको छ।
