SHARE
अन्नपूर्ण · मङगलबार २४ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

नक्खु जेलबाट रवि लामिछानेले भने- संसदबाट राजीनामा दिन पर्ने हुनसक्छ, तयार रहनुहोला

काठमाडौं : सहकारी प्रकरणमा नक्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई राजीनामा दिन तयारी अवस्थामा रहन आग्रह गरेका छन्। जेन्जी प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि लामिछाने विज्ञप्ति जारी गरेर सो कुरा बताएका हुन्।उनले ४ बुँदे सन्देश जारी गर्दै भनेका छन्, 'सकेसम्म छिटो जेनजीसहितको अन्तरिम नागरिक सरकार गठन होस्, २०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा होस्।