जेनजी आन्दोलनमा ६८ वटा बैंकका शाखा कार्यालयमा आक्रमण
काठमाण्डु – जेनजी आन्दोलन हिंसात्मक भएपछि देशभर ६८ वटा बैंकहरूका शाखा कार्यालयमा आक्रमण भएको र ६९ वटा एटीएममा केही असर परेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलले जेनजी आन्दोलनका क्रममा बैंकहरूको कार्यालयहरूमा आक्रमण भए पनि बैंकिङ प्रणाली भने सबै ठीकठाक रहेको जानकारी दिए ।
