SHARE
अन्नपूर्ण · मङगलबार ३१ भौ २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

जलेको सिंहदरबार बनाउन अर्घाखाँचीका कृषकले गरे १ लाख सहयोग

अर्घाखाँची : अर्घाखाँचीका एकजना कृषकले आगोले जलेको सिंहदरबार बनाउन एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।शितगंगा नगरपालिका–२ का किसान तुलसीराम अधिकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ सय रुपैयाँ जम्मा गरेका हुन्। अधिकारीले भने, ‘सिंहदरबार जल्दा मेरो आस्था पनि जलेको जस्तो लाग्यो। अब सबै मिलेर जुरुक्क उठाउनुपर्छ। सबैले सकेको सहयोग गर्नुपर्छ।’रकम जम्मा गरेर अधिकारीले प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याललाई भौचर हस्तान्तरण गरेका थिए।