SHARE
अन्नपूर्ण · मङगलबार १६ मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

पुस २५ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता गर्ने एन्फाको निर्णय

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी पुस २५ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। सोमबार बसेको एन्फाको आपतकालीन बैठकका निर्णय सार्वजनिक गर्दै एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता गर्ने र त्यसका लागि ए डिभिजन क्लबहरूलाई टिम दर्ता गर्न खुला गर्ने निर्णय भएको जनाएको हो। बैठकले राष्ट्रिय लिग सम्पन्न भएको एक महिनाभित्र ए डिभिजन लिग आयोजना गर्ने निर्णय भएको एन्फा महासचिव किरण राईले जानकारी दिए।