SHARE
अन्नपूर्ण · मङगलबार १६ मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

पहिलो चौमासिकमै योजना सम्पन्न गर्ने उपभोक्ता समिति सम्मानित

गोरखा : पहिलो चौमासिकमै योजना सम्पन्न गरी भुक्तानी फरफारक गर्न सफल उपभोक्ता समितिहरुलाई वडा कार्यालयले सम्मान गरेको छ। सहिदलखन गाउँपालिका वडा नं. ७ को कार्यालयले वडाभित्रका योजना सम्पन्न गरी फर्स्यौट गर्ने समितिलाई सोमबार सम्मान गरेको हो।विकास निर्माणको काम जतिसक्दो चाँडो गरिसक्न हौसला प्रदान गर्न समितिलाई सम्मान गरेको वडाअध्यक्ष शरण श्रेष्ठले बताए।