कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृति
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको १०० रुपैयाँ अंकित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको छ। विकास बैंकको १८ औं वार्षिक साधारणसभावाट अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकको स्वीकृति लिई धितोपत्र बोर्ड समक्ष स्वीकृतिका लागि पेश गरेकोमा बोर्डले स्वीकृति प्रदान गरेको हो।
