SHARE
अन्नपूर्ण · मङगलबार १६ मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

अन्नपूर्णकर्मी सुनिता कार्की सेजनद्वारा पुरस्कृत

काठमाडौं : नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले स्थापनाको २९औँ वार्षिकोत्सवका अवसरमा अन्नपूर्णकर्मी सुनिता कार्की पुरस्कृत भएकी छन्। सोमबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा ‘एकीकृत  फोहरमैला व्यवस्थापन परियोजना १४ वषदेखि अलपत्र’ शीर्षकको समाचारका लागि सेजनले डा. भोला चालिसे लिबरल जर्नालिजम अवार्डबाट कार्कीलाई पुरस्कृत गरेको हो। एक लाख रुपैयाँ राशिको डा. भोला चालिसे लिबरल जर्नालिजम अवार्ड दुई पत्रकारलाई प्रदान गर्दै आइरहेको छ।