SHARE
अन्नपूर्ण · मङगलबार १६ मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

मोरङ : स्रोत नखुलेको नगदसहित एकजना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका-१५ बाट स्रोत नखुलेको भारतीय २ लाख ५० हजार रुपैयाँसहित भारत उत्तर प्रदेश बस्ने २५ वर्षीय मनिष यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगद सहित पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारकाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ।