अहिलेकै अवस्थामा निर्वाचन सम्भव छैन : ओली, देउवा भन्छन्- खै सरकारले गराएरै छाड्छु भन्छ
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचनका विषयमा सघन छलफल भएको छ। देउवा निवासमा शुक्रबार उनीहरूबीच समसामयिक राजनीतिक विषय र निर्वाचनका बारेमा छलफल भएको हो।स्रोतका अनुसार अध्यक्ष ओलीले निर्वाचनका लागि सरकारको तयारी नपुगेको बताएका थिए। उनले सुरक्षाको अनुभूति पनि सरकारले गराउन नसकेको र अहिलेको तयारीले फागुन २१ मा निर्वाचन सम्भव पनि नभएको देउवालाई बताएको स्रोतको दाबी छ।
