SHARE
अन्नपूर्ण · शनिबार २० मंिर २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

सर्वपक्षीय बैठक : केही दललाई अझै सुरक्षाको चिन्ता, प्रधानमन्त्री कार्कीले भनिन्- हामी पक्ष-विपक्ष नभनी चुनाव गराउन आतुर छौं

काठमाडौं : प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वपक्षीय बैठक सकिएको छ। बैठकमा सहभागी राजनीतिक दलहरूले अर्जुनदृष्टि लगाएर चुनाव गराउन आग्रह गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले आफूहरूले सरकारलाई चुनावमा केन्द्रित हुन आग्रह गरेको बताए।'सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दलहरूबीच महत्त्वपूर्ण छलफल भयो। मूलतः निर्वाचनको तयारीका विषयमा छलफल केन्द्रित रह्यो। हामीले यो चुनावी सरकार भएकाले चुनावमै अर्जुनको वाण तेर्स्याउन आग्रह गर्‍यौं,' उनले भने।