SHARE
अन्नपूर्ण · शनिबार २० मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

पावरप्लेमा लुम्बिनीको मध्यम सुरुवात

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २५ औँ खेलमा लुम्बिनी लायन्सले पावरप्लेमा मध्यम सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले पावरप्लेमा १ विकेटको क्षतिमा ४६ रन बनाएको हो। लुम्बिनीको पहिलो विकेटको रूपमा सुमित महर्जन डाइमण्ड डक भए। इनिङ्सको पहिलो बलमा सुमित संगीथ कोरेको बलमा बोल्ड भए। ६ ओभरको खेल सकिँदा रोहित पौडेल २१ र डार्सी सर्ट १८ मा खेलिरहेका छन्।