SHARE
अन्नपूर्ण · शनिबार २० मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

जनकपुरले लुम्बिनीलाई दियो १३३ को मध्यम लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३२ रन बनाएको हो। जनकपुर बोल्ट्सका लागि संगीथ कोरेलले सर्वाधिक ४५ रनमा अविजित रहे। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे। उनले मयन यादवसँग सातौँ विकेटका लागि ४९ रनको अविजित साझेदारी गरे।पहिलो विकेटको रुपमा ओपनर माज सदाकत आउट भए ।