SHARE
अन्नपूर्ण · शनिबार २० मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

पुटिनले भने- भारतमा निर्बाध इन्धन आपूर्ति हुन्छ

काठमाडौं : भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले भारतलाई कुनै पनि अवरोध बिना इन्धन आपूर्ति जारी राख्ने बताएका छन्। अमेरिकाले भारतलाई रुसबाट तेल नकिन्न निरन्तर दबाब दिइरहेका बेला रुसी राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्।अमेरिकाले रुसबाट तेल खरिद गर्दा भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क पनि लगाएको छ। यसले भारतमाथिको अमेरिकी भन्सार शुल्क ५० प्रतिशत पुगेको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टमा भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएका थिए।