दिल्लीबाट प्रस्थान गर्ने सबै इन्डिगो उडान रद्द
काठमाडौं : दिल्ली विमानस्थलबाट शुक्रबार प्रस्थान गर्ने सबै इन्डिगो उडान मध्यरातसम्म रद्द गरिएका छन्।दिल्ली विमानस्थलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'डिसेम्बर ५, २०२५ मा दिल्ली विमानस्थलबाट प्रस्थान गर्ने तय भएको इन्डिगोको घरेलु उडानहरू आज मध्यरात (२३:५९ बजे) सम्म रद्द गरिएको छ। अन्य सबै एयरलाइन्सले तालिका अनुसार सञ्चालन जारी राख्नेछन्।'समाचार एजेन्सी एएनआईका अनुसार देशभर इन्डिगोको उडानमा अवरोधका बीचमा करिब ५०० इन्डिगो उडान रद्द वा ढिलाइ भएका छन्।
