इरानी सुरक्षा प्रमुख अली लारिजानीको हत्या ‘अस्वीकार्य’ : चीन
काठमाडौं । चीनले इजरायली हवाई आक्रमणमा इरानी राष्ट्रिय सुरक्षा प्रमुख अली लारिजानीको हत्या भएको घटनाको कडा निन्दा गरेको छ । बेइजिङ इरानको साझेदार भए पनि अमेरिकी सैन्य अड्डा भएका खाडी राज्यहरूमाथि तेहरानले गरेको आक्रमणको पनि चीनले आलोचना गरेको छ ।
