योग्यता होइन, पाखण्डको राजनीति भइरहेको छ : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘जान्नेलाई छान्ने’ भन्ने नारामाथि कटाक्ष गर्दै त्यसको वास्तविकता क्रमशः उजागर हुँदै गएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले देशविरुद्धका गतिविधिलाई सामान्यीकरण गर्ने, राज्यविरुद्धका विध्वंसात्मक क्रियाकलापलाई बहादुरीका रूपमा प्रस्तुत गर्ने तथा स्वार्थमा आधारित ‘सेटिङ’लाई विधिका रूपमा स्थापित गर्न खोजिएको आरोप लगाए ।
