SHARE
अन्नपूर्ण · बुधबार २७ जेठ २०८३ ०६:०२ PM · 1 मिनेट पढाइ

मलाई ज्यान मार्ने र बलात्कारको धम्की आयो : खुश्वु ओली

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले ९० प्रतिशत सनातनीहरु बस्ने देशमा नेपालको संविधानको धाराले समेत सुनिश्चित गरेको नेपाल सनातनी राज्य हुनुपर्छ भन्ने आजाव उठाउँदा आफूमाथि ज्यान मार्ने धम्की आएको बताएकी छिन् ।प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै सांसद ओलीले नेपाल सनातनी हिन्दू राष्ट्र हुनुपर्छ भनेर सदनमा आवाज उठाउँदा आफूमाथि सुनियोजित तरिकाले ज्यान मार्ने, बलात्कार गर्ने र भौतिक आक्रमण गर्ने धम्की सामाजिक सञ्जालहरुबाट तेस्र्याइरहेको बताइन् ।