SHARE
अन्नपूर्ण · बिहीबार २८ जेठ २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले लोकतन्त्र, जनमत र संसदको हुर्मत लिने काम गर्नु भएको छ : ऐन महर

काठमाडौं : नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रधानमन्त्री बालेन शाहले लोकतन्त्र, जमत र संसदको हुर्मत लिने काम गरिरहेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद महरले जनताले यो सदन र आफूलाई दुई वटा गम्भिर प्रश्नहरु सोधिरहेको बताएका छन् । उनले पहिलो अहिलेसम्म विश्वका सार्वभौम राष्ट्रका कुनै प्रधानमन्त्रीले नभएका कुरा हाम्रो प्रधानमन्त्रीले भन्दा तपाईहरु के हेरेर बसेको ? भनेर आफूहरुलाई जनताले प्रश्न सोधिरहेको बताए ।