SHARE
अन्नपूर्ण · बिहीबार २८ जेठ २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

कांग्रेसलाई रास्वपा सांसद केसीको प्रश्न : मुर्दा लाश तपाईहरु कि हामी ?

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुनिल केसीले हिजोको सदनको बैठकमा कांग्रेस संसदीय दलका नेताले सत्तारुढ सांसदलाई लगाएको ‘मुर्दा लाश’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।आफूहरु मुर्दा लाश नभएको बताउँदै रास्वपा सांसद केसीले यो देशको उद्योग, कलकारखानाहरु सबै बन्द भइरहँदा उहाँहरु नै सदनमा बसेर टेबल ठोकिरहने र कलकारखाना उद्योग धन्दा खोल्नुपर्छ भनेर माग गर्नेहरु कहिले पनि मुर्दा लाश नहुने बताउँदै यो कुरा हेक्का हुनुपर्ने बताए ।