SHARE
अन्नपूर्ण · बिहीबार २८ जेठ २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

विपद व्यवस्थापनका लागि सम्बन्धित सबैलाई निर्देशन दिइसकिएको छ : गृहमन्त्री गुरुङ

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले बिपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सम्बन्धित सबै निकायलाई निर्देशन दिइसकेको बताएका छन् ।बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री गुरुङले प्राकृतिक प्रकोपबाट प्रभावितहरुको व्यवस्थापनका लागि आवश्यक तयारी गर्न आवश्यक निर्देशन दिइसकेको बताएका हुन् ।उनले विपद व्यवस्थापनका लागि भइरहेका तयारीका बारेमा आफूले स्थलगत अनुगमन समेत गर्ने जानकारी दिए ।