अर्थमन्त्रीज्यू,एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गर्नुस् : शाही
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले जनतालाई नि:शुल्क शिक्षा, स्वास्थ्य सेवा दिने बाचा गरेर झुक्याइएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले निजी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम हटाएकोप्रति विरोध गर्दै शाहीले मौलिक हकबाट समेत बञ्जित गराउँदै सरकारले बिमा कटौती गरेर गरिबलाई उपचारबाट बञ्जित गरेको बताएका हुन्। उनले गरिब नागरिकहरू स्वास्थ्य बिमाका कारण निजी अस्पतालमा उपचार गर्न सकेको दाबी गरे।
