पार्टीभित्र बृहत्तर एकताका लागि नेतृत्वले पहलकदमी लिनुपर्छ : डा. महत
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका लागि विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले गम्भीर पहलकदमी लिन जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महतले अहिले पार्टीको जनाधार खस्किएको अवस्थामा विशेष महाधिवेशनबाट निर्वाचित प्राविधिक रूपमा आधिकारिकता प्राप्त नेतृत्वले बृहत्तर एकताका लागि पहलकदमी लिन जरुरी रहेको बताएका हुन् ।
