SHARE
अन्नपूर्ण · बिहीबार २८ जेठ २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

अर्थमन्त्रीको दावी : करको दर सच्याइएको कुरा कर्मचारीबाट समावेश हुन छुटेछ

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर विवादमा कर्मचारीको कमजोरी औंल्याएका छन् । उनले कर्मचारीको कमजोरीका कारण केही छुट हुन पुगेको दावी गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको विहीबारको बैठकमा बोल्दै उनले त्रुटि हुन पुगेको बताएका छन् । १५ गते संसदमा पेश गरेको आर्थिक विधेयकमा रहेकोमा एक ठाउँमा करका दर हेरफेर भएको र एक ठाउँमा शुल्क हेरफेर गरिएको पनि उनले स्वीकार गरे ।