कुटनीतिक र आपसी छलफलबाट सीमा विवादकाे समस्या सुल्झाउन प्रतिवद्ध छौं : परराष्ट्रमन्त्री खनाल
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिवद्ध रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिकाबारे स्पष्ट पार्दै मन्त्री खनालले नेपाल र भारतबीच सदियौं पुरानो र खुला सीमाना रहेकाले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न दुई देश प्रतिवद्ध रहेको बताएका हुन् ।
