ओमान नजिक अमेरिकी मिसाइल आक्रमणमा तीन भारतीय नाविकको मृत्यु
भारत : भारतका बन्दरगाह, जलमार्ग तथा जहाजरानी मन्त्री सर्बानन्द सोनोवालले बिहीबार ओमानको खाडीमा रहेको एक तेल ट्याङ्करमाथि अमेरिकी सैन्य आक्रमणपछि बेपत्ता भएका तीन भारतीय नाविकको शव फेला परेको जानकारी दिएका छन् । यस घटनापछि भारतले अमेरिकाका उप–मिसन प्रमुखलाई तलब गरी घटनाप्रति कडा विरोध जनाएको थियो । सोनोवालले एक्समा लेखेका छन्, ‘पलाउको झण्डा बोकेको एमटी सेटेबेलो जहाजमा भएको दुःखद घटनाबारे थाहा पाउँदा अत्यन्त दुःखी भएको छु ।
