थलिएको निर्माण, रोकिएको विकास
नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ८ देखि १३ प्रतिशतसम्म योगदान पुर्याउने र लाखौं श्रमिकलाई प्रत्यक्ष रोजगारी दिने निर्माण क्षेत्र आज ठूलो अप्ठ्यारोमा परेको छ। नेपाल निर्माण व्यवसायी महासंघले संसद्कोपूर्वाधार विकास समितिमा औपचारिक रूपमै निर्माण उद्योग ‘अस्तित्वको संकट’मा पुगेको जानकारी गराएको छ।
