SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ जेठ २०८३ ११:०० AM · 1 मिनेट पढाइ

कोशीमा विपद पूर्व तयारी तीव्र

विराटनगर : मनसुन सुरु भएसँगै बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्का घटनाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न कोशी प्रदेश सरकारले पूर्व तयारीलाई तीव्र बनाएको छ । सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक रणनीति अघि बढाउने निर्णय गरिएको हो ।