कृषि सामग्री कम्पनीको झन्डै १० करोड केजी मल उठेन
काठमाडौं : कृषि सामग्री कम्पनीका विभिन्न जिल्लास्थित वितरण व्यवस्था महाशाखाबाट झन्डै १० करोड केजी रासायनिक मल उठेको छैन। कृषि कम्पनीको जिल्ला शाखा कार्यालयमा रहेको ९ करोड ८२ लाख ३५ हजार ४ सय ५० किलो रासायनिक मल नउठाएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। जिल्लास्थित शाखा कार्यालयमा केन्द्रले मल पठाएपनि उठ्न नसक्दा किसानले समयमा मल प्राप्त गर्न सकेको अवस्था देखिँदैन।
