दक्षिण कोरियाको अनुभवको अगाडि फिक्का पर्यो चेक रिपब्लिक, अग्रता जोगाउन नसक्दा पराजित
काठमाडौं : फिफा विश्वकप–२०२६ अन्तर्गतको दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको छ । समूह ‘ए’ अन्तर्गतको दोस्रो खेलमा अनुभवी दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी सुरुवात गरेको हो । गुआडालाजारा स्टेडियममा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै चेक रिपब्लिकले अग्रता बनाएको थियो । उक्त अग्रता जोगाउन नसक्दा २ गोलसहित हार बेहोरेको हो ।
