वन अतिक्रमणविरुद्ध कैलालीमा कडा अभियान, ४७ संरचना भत्काइयो
कैलाली । कैलालीका विभिन्न वन क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियानअन्तर्गत शुक्रबार ४७ वटा कच्ची तथा पक्की संरचना भत्काइएको छ । डिभिजन वन कार्यालय कैलालीका अनुसार करिब ३५ हेक्टर वन क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका घर, टहरा तथा अन्य संरचना हटाइएको हो ।
