यी हुन् सभाामुख आउँदा नउठ्ने दुई मन्त्री
काठमाण्डु– भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्साल र अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधिसभामा सभामुख प्रवेश गर्दा आसनबाट नउठेको घटनाले संसदभित्र मर्यादा र आचरणबारे नयाँ विवाद जन्माएको छ। प्रतिनिधिसभाको मंगलबार बसेको दोस्रो बैठकमा सभामुख डोलप्रसाद अर्याल बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्री नउठेको विषयलाई लिएर एमाले प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति जनाएका थिए।
