चन्द्रागिरीमा मिनि ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गयो
काठमाण्डु– काठमाण्डुको चन्द्रागिरीमा सोमबार बिहान भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा ज्यान गएको छ । चन्द्रागिरी नगरपालिका–१५ स्थित तीनथाना चोकमा बा.प्र.०२–०३८प९८९७ नम्बरको स्कुटर र लु१क ४२५६ नम्बरको मिनि ट्रक आपसमा ठोक्किँदा स्कुटर चालक ४० वर्षीय दीपक नेपाल र पछाडि सवार ५६ वर्षीया शुभद्रा कुमारी नेपाल गम्भीर घाइते भएका थिए ।
